Kula Culture Library
Jhamsikhel, Lalitpur
OI Prize in New Ethnographic Writing
OI Prize in New Ethnographic Writing
Winner: 100,000 NPR
Two Honorable Mentions: 25,000 NPR each
The OI Prize in New Ethnographic Writing is an annual award granted in recognition of outstanding new research. We invite authors to submit articles and essays on any subject relevant to contemporary social science, especially those that look beyond the traditional boundaries of ethnography.
We are looking for work that demonstrates immersive participant observation, a commitment to effective storytelling, and arguments that disrupt assumptions. No particular academic background is required. We especially encourage authors from underrepresented communities and socioeconomic backgrounds to apply.
Details:
- Submissions must be 5,000-10,000 words, written in either English or Nepali.
- There is a limit of one submission per author. Authors must be a resident of Nepal at the time the award is granted.
- Deadline: October 31, 2025
- Submissions will be shortlisted by an OI internal committee by Dec 15.
- Awards to be selected by an independent jury।
- Results announced in late January.
- All authors maintain ownership and copyright of their work, and winners agree to publish their writing under an open access Creative Commons license (CC BY-NC-SA 4.0)
- Support provided for publication pathway of awarded text
- Taxes withheld in accordance with Nepali law
Email: [email protected]
OI को नव-एथ्नोग्राफीक लेखन पुरस्कार
प्रथम पुरस्कार: रू. १,००,०००
दुई जनालाई विशेष पुरस्कार : रू. २५,००० (प्रत्येकलाई)
नव-एथ्नोग्राफीमा प्रदान गरिने OI को यस पुरस्कार उत्कृष्ट नयाँ अनुसन्धानको सम्मानस्वरूप वार्षिक प्रदान गरिनेछ। हामी समकालीन सामाजिक विज्ञान सम्बन्धित विषयमा केन्द्रित रहेका लेख वा निबन्धका लागि आव्हान गर्दछौं — विशेषगरी ती लेखहरु जसले एथ्नोग्राफीका परम्परागत सीमाहरू पार गर्ने प्रयास गरेका छन् ।
गहन खोजमा आधारित, प्रभावसाली कथा लेखकीय शैली तथा प्रचलित धारणालाई चुनौती दिने तर्क भएको लेखनलाई प्राथमिकता दिइने छ। यो पुरस्कारलाई कुनै खास शैक्षिक पृष्ठभूमिको आवश्यकता नरहेको साथै समान प्रतिनिधित्वबाट वञ्चित समुदाय र सामाजिक-आर्थिक रुपमा कम पहुँच भएका लेखकहरूलाई आवेदन दिन हामी विशेष प्रोत्साहन गर्न चाहन्छौँ।
विवरण:
- लेखहरू अंग्रेजी वा नेपाली दुबै भाषामध्ये कुनै एकमा लेखिएको, जुन ५००० देखि १०,००० शब्दसम्मका हुनुपर्नेछ।
- प्रत्येक लेखकले एउटा मात्र लेख पेश गर्न सक्छन्। लेखक नेपालमा आवासीय हुनुपर्ने।
- अन्तिम म्याद: २०८२ कार्तिक १४ गते
- OI को आन्तरिक समितिबाट आवेदकहरुको छनौट (shortlist) मंसिर २९ भित्रमा गरिनेछ।
- स्वतन्त्र ज्यूरी बाट विजेता चयन गरिनेछ।
- नतिजा माघ १ गते तिर घोषणा गरिनेछ।
- सबै लेखकहरूले आफ्नो कामको स्वामित्व र प्रतिलिपि अधिकार (copyright) राख्नेछन्। विजेताहरूले आफ्नो लेख Creative Commons (CC BY-NC-SA 4.0) अन्तर्गत खुला पहुँच (open access) हुने गरि प्रकाशन गर्न सहमति जनाउनु पर्नेछ।
- पुरस्कृत लेखको प्रकाशनलाई सहयोग प्रदान गरिनेछ।
- प्रचलित नियम अनुसार कर लागु हुने छ।
Email: [email protected]