Dec
31
When
Where

Kula Culture Library
Jhamsikhel, Lalitpur

OI Prize in New Ethnographic Writing

Deadline December 31, 2026

Winner: 100,000 NPR

Two Honorable Mentions: 25,000 NPR each

The OI Prize in New Ethnographic Writing is an annual award granted in recognition of outstanding new research. We invite authors to submit articles and essays on any subject relevant to contemporary social science, especially those that look beyond the traditional boundaries of ethnography.

We are looking for work that demonstrates immersive participant observation, a commitment to effective storytelling, and arguments that disrupt assumptions. No particular academic background is required. We especially encourage authors from underrepresented communities and socioeconomic backgrounds to apply.

Details:

  1. Submissions must be 5,000-10,000 words, written in either English or Nepali.
  2. There is a limit of one submission per author. Authors must be a resident of Nepal at the time the award is granted.
  3. Deadline: December 31, 2026
  4. Submissions will be shortlisted by an OI internal committee by January 31st.
  5. Awards to be selected by an independent jury.
  6. Results announced in late April.
  7. All authors maintain ownership and copyright of their work, and winners agree to publish their writing under an open access Creative Commons license (CC BY-NC-SA 4.0)
  8. Support provided for publication pathway of awarded text
  9. Taxes withheld in accordance with Nepali law
  10. Participants must confirm that all writing is their own original work, neither plagiarized nor generated by AI.

Please send your writing as a PDF file to [email protected]. We will reply within seven days to confirm receipt.

Other queries by email: [email protected]

 

OI को नव-एथ्नोग्राफीक लेखन पुरस्कार

अन्तिम म्याद: २०८३ पुष १६

प्रथम पुरस्कार: रू. १,००,००० 

दुई जनालाई विशेष पुरस्कार : रू. २५,००० (प्रत्येकलाई)

नव-एथ्नोग्राफीमा प्रदान गरिने OI को यस पुरस्कार उत्कृष्ट नयाँ अनुसन्धानको सम्मानस्वरूप वार्षिक प्रदान गरिनेछ। हामी समकालीन सामाजिक विज्ञान सम्बन्धित जुनसुकै विषयमा केन्द्रित रहेका लेख वा निबन्धका लागि आह्वान गर्दछौं — विशेषगरी ती लेखहरु जसले एथ्नोग्राफीका परम्परागत सीमाहरू पार गर्ने प्रयास गरेका छन् ।

गहन खोजमा आधारित, प्रभावशाली कथा लेखकीय शैली तथा प्रचलित धारणालाई चुनौती दिने तर्क भएको लेखनलाई प्राथमिकता दिइने छ। यो पुरस्कारलाई कुनै खास शैक्षिक पृष्ठभूमिको आवश्यकता नरहेको साथै समान प्रतिनिधित्वबाट वञ्चित समुदाय र सामाजिक-आर्थिक रुपमा कम पहुँच भएका लेखकहरूलाई आवेदन दिन हामी विशेष प्रोत्साहन गर्न चाहन्छौँ।

विवरण:

  1. लेखहरू अंग्रेजी वा नेपाली दुबै भाषामध्ये कुनै एकमा लेखिएको, जुन ५००० देखि १०,००० शब्दसम्मका हुनुपर्नेछ।
  2. प्रत्येक लेखकले एउटा मात्र लेख पेश गर्न सक्छन्। पुरस्कार प्रदान गरिने समयमा लेखक नेपालमा आवासीय हुनुपर्ने।
  3. अन्तिम म्याद: २०८३ पुष १६ गते
  4. OI को आन्तरिक समितिबाट आवेदकहरुको छनौट (shortlist) माघ १७ भित्रमा गरिनेछ।
  5. स्वतन्त्र ज्यूरी बाट विजेता चयन गरिनेछ।
  6. नतिजा बैशाख मा घोषणा गरिनेछ।
  7. सबै लेखकहरूले आफ्नो कामको स्वामित्व र प्रतिलिपि अधिकार (copyright) राख्नेछन्। विजेताहरूले आफ्नो लेख Creative Commons (CC BY-NC-SA 4.0) अन्तर्गत खुला पहुँच (open access) हुने गरि प्रकाशन गर्न सहमति जनाउनु पर्नेछ।
  8. पुरस्कृत लेखको प्रकाशनलाई सहयोग प्रदान गरिनेछ।
  9. प्रचलित नियम अनुसार कर कट्टी गरिनेछ।
  10. आवेदकहरुको सबै लेखन आफ्नै मौलिक कृति हो भनेर प्रतिबद्धता गर्नु पर्दछ । यसको अर्थ अरु स्रोतबाट साभार र एआई सहयोग बाट लेखिएको हुनुहुँदैन ।

कृपया आफ्नो लेखन PDF फाइलको रूपमा [email protected] मा पठाउनुहोस्। हामी प्राप्ति पुष्टि गर्न सात दिन भित्र जवाफ दिनेछौं।

अन्य जिज्ञासाका लागि इमेल: [email protected]